कोरोनाको संक्रमणबाट आज कास्की जिल्लाको रुपा गाउँपालिकाका एक वृद्धको मृत्यु भएको छ भने पोखरा महानगरपालिकामा मात्र थप एकसय ४५ नयाँ कोरोना संक्रमित थपिएका छन्।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार, आज बिहान ८.३० बजे कास्की जिल्लाको रुपा गाउँ पालिका वडा नम्बर ५ का ७२ वर्षीय वृद्धको पोखरास्थित स्वास्थ्य बिज्ञान प्रतिष्ठाम पोखरामा उपचारका क्रममा मृत्यु भएको हो। उनी दुई दिन अघि मात्र कोरोना संक्रमित भएर थप उपचारका लागि प्रतिष्ठानको कोविद उपचार केन्द्रमा उपचारका लागि भर्ना भएका थिए। उनको सोही उपचार केन्द्रको आइसीयुमा उपचार हुँदा हुँदै मृत्यु भएको निर्देशनालयले जानकारी दिएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज बिहान लगातार चार वटा बिज्ञप्ति जारी गरेर पोखरा महानगरपालिकामा मात्र थप एकसय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पोखराको क्षयरोग उपचार केन्द्रमा गरिएको स्वाब परॆक्षणमा पोखरा महानगरपालिकाका ८३ जना, लाइफ केयर एण्ड दाइग्नोस्टिक प्रालिका ३६ जना र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।



