कोरोना भाइरस संक्रमणबाट पोखरामा थप ३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भइ होम आइसोलेसनमा बसेका १ पुरुष र हस्पिटलमा उपचाररत २ सहित पोखरामा थप ३ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार, कार्तिक १६ गते कोरोना संक्रमण पुष्टि भइ होम आइसोलेसनमा बसेका पोखरा १३ का ९२ वर्षीय पुरुषको शनिबार मृत्यु भएको हो।
कोरोना संक्रमण पुष्टि भइ पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत पोखरा ८ का ६७ वर्षीय पुरुषको आइतबार बिहान १:१६ बजे र पोखरा ९ की ७५ वर्षीया महिलाको आइतबार बिहान ५ :१६ बजे उपचारको क्रममा मृत्यु भएको छ।
पोखरा महानगरपालिका १७ की २९ वर्षे युवतीको चरक मेमोरियल हस्पिटल पोखरामा उपचारकै क्रममा मृत्यु भएको भएको बताइएको छ। स्याङजा गल्याङ ७ का ५० वर्षीय पुरुषको आइतबार बिहान ७:४५ बजे लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जानकारी दिएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ ।