चरक हस्पिटलमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु, पोखरामा मात्रै थप एकसय ७५ जना कोरोना संक्रमित

चरक हस्पिटलमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु, पोखरामा मात्रै थप एकसय ७५ जना कोरोना संक्रमित


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २२ कार्तिक २०७७
  • 24.3K
    Shares

पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत कोरोना संक्रमित एक महिलाको कोरोनाबाट शुक्रबार मृत्यु भएको छ भने पोखरा महानगरपालिकामा मात्र शनिबार थप एकसय ७५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार, कोरोना सङ्क्रमण भई हस्पिटलमा उपचाररत पोखरा १७ की २९ वर्षीया महिलाको उपचारका क्रममा शुक्रबार दिउसो २:२३ मा मृत्यु भएको हो। ती महिलालाई १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसै गरि नवलपुर गैंडाकोट १२ का ८२ वर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार दिउसो २:०० बजे चितवन मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ। यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २ पुगेको छ ।

यसैबीच पोखरा महानगरपालिकामा मात्र शनिबार थप एकसय ७५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार दिउँसो तीन पटक गरी छुट्टाछुट्टै जारी गरेको बिज्ञप्तिमा त्यस्तो जानकारी दिएको छ।

निर्देशनालयले जारी गरेको बिज्ञप्ति अनुसार, क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको स्वाब परीक्षणमा पोखरा महानगरका मात्र एकसय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा २१ जना र लाइफ केयर सेन्टर पोखरामा गरिएको परीक्षणमा २९ जनालाई कोरोना संक्रमण पुध्ती भएको बिज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया