नेपाल पत्रकार महासंघका महासचिब रमेश बिष्टलाई कोरोना संक्रमण देखिएको छ।
महासचिव बिष्टले सामाजिक संजाल फेसबुकमार्फत आफुलाई कोरोना संक्रमण देखिएको सार्वजनिक गरेका छन्।
महासचिव बिष्टले आफ्नो फेसबुकमा महामारीको चपेटावाट वच्न नसकिएको उल्लेख गर्दै ” केहि दिनदेखी हल्का ज्वरो, खोकि र शरिर दुखे पछि गराएको पीसिआर परॆक्षणमा रिपोर्ट पोजेटिभ आएको ” जानकारी दिएका छन्। साथै उनले केहि दिन यता आफुसंग सम्पर्कमा आएका सम्पूर्ण व्यक्तिहरुलाई परिक्षण गर्न र सर्तकता अपनाउन अनुरोध गरेका छन् ।