कोरोना संक्रमणकाकारण पोखरा महानगरका पाँच वटा वडा कार्यालय सिलबन्दी, २३ कर्मचारी संक्रमित

कोरोना संक्रमणकाकारण पोखरा महानगरका पाँच वटा वडा कार्यालय सिलबन्दी, २३ कर्मचारी संक्रमित


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २१ कार्तिक २०७७
  • 30.4K
    Shares

पोखरा महानगरपालिका

दैनिक एकसय जनाभन्दा बढी कोरोना संक्रमित देखिंदै आएको पोखरा महानगरपालिका कोरोना भाइरस संक्रमणका लागि हट स्पट बन्दै गएको छ। कोरोना भाइरस संक्रमणको प्रभाव तीब्र बन्दै गर्दा यस महानगरपालिकाका पांच वटा वडा कार्यालयहरु सिल गरिएको छ।

पोखरा महानगरपालिकाको वडा नम्बर १, २, १३, २५ र २७ का कार्यालयहरु बन्द गरी सिल गरिएका छन्। त्यति मात्र हैन, तीनजना वडा सदस्य लगायतका जनाप्रतिनिधीका साथमा २३ जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ । जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि वडा कार्यालयहरु सिल गरीएको हो ।

पोखरामा बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गदै बिहिबार पोखरा महानगरका प्रमुख सहित महाशाखा प्रमुखको बैठकले उक्त निर्णय गरेको महानगरले जनाएको छ । बैठकमा महानगरका कर्मचारीमा बढदो कोरोना संक्रमण नियन्त्रणका उपाय बारे छलफल भएको महानगर प्रमुख मानबहादुर जिसीले जानकारी दिए । मेयर जिसीका अनुसार, पोखरा महानगरपालिका भित्र धेरै भिडभाड नगर्न माइकिङं गर्ने, पोखरा महागनरपालिकाको हाताभित्र स्वास्थ्य हेल्प डेस्क राख्ने र सेवाग्राहीका कागजपत्र जम्मा गर्ने र अर्को दिनमात्रै काम गर्ने बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया