पोखरामा ३० दिनको शिशुसहित चार जनाको कोरोना संक्रमणकाकारण मृत्यु

पोखरामा ३० दिनको शिशुसहित चार जनाको कोरोना संक्रमणकाकारण मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २१ कार्तिक २०७७
  • 55.3K
    Shares

कोरोना संक्रमंबाट मृत्यु भएका ३० दिनका शिशु

कोरोना संक्रमणका कारण पोखरामा ३० दिनको बच्चासहित चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पोखरा महानगरपालिकाका तीन जना र बाग्लुङका एक जना छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले शुक्रबार जारी गरेको विज्ञप्तीका अनुसार, पोखरा महानगरकाका ३० दिने शिशु सहित ७५ र ५७ बर्षिय पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो। त्यस्तै बाग्लुङका २९ वर्षिय पुरुषको समेत उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय पुगेको छ ।

यसै गरी गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा पोखराका १८, स्याङजा र तनहुँका एक, एक जना गरी थप २० जानामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८६ सय ५६ पुगेको छ । अहिले सम्म ४ हजार ६ सय ५७ जना निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया