कान्तिपुर टेलिभिजनका गोर्खा सम्बाददाता श्रेष्ठ दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि

कान्तिपुर टेलिभिजनका गोर्खा सम्बाददाता श्रेष्ठ दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १५ कार्तिक २०७७
  • 6.7K
    Shares

भिमलाल श्रेष्ठ दम्पत्ति

कान्तिपुर टेलिभिजनका गोर्खा जिल्ला सम्बाददाता भिमलाल श्रेष्ठ र उनकी धर्मपत्नीलाई कोरोना संक्रमण पुष्टि भएको छ। पत्रकार श्रेष्ठले शनिबार दिउँसो आफ्नो फेसबुक स्टाटसमार्फत आफु र आफ्नो श्रीमतीलाई कोरोना संक्रमण भएको सार्वजनिक गरेका छन्।

उनले सार्वजनिक गरेको जानकारी अनुसार, पाँच दिन अघि ज्वरो र रुघाखोकी लागेको र त्यसको भोलिपल्ट परीक्षणका लागि दिइएको स्वाबको आज रिपोर्ट आएको र त्यसमा आफुहरु दुबैलाई कोरोना संक्रमण पुष्टि भएको श्रेष्ठले जनाएका छन्।

उनले अरुलाई कोरोन संक्रमण नसरोस भनेर सकभर साबधानी अपनाएको जानकारी दिंदै यसबीच हामी संग सम्पर्कमा आउनुभएका कोही महानुभाव हुनुहुन्छ भने पिरिआर परिक्षण गराउनु हुन अनुरोध गरेका छन्। आफुहरुको स्वास्थ्य सामान्य रहेको कुरा उल्लेख गर्दै पत्रकार श्रेष्ठले चिकित्सक सहित स्वास्थ्यकर्मीको निगरानीसहित अहिले होम आइसोलेसनमा रहेको स्पस्ट पारेका छन्।

प्रतिक्रिया