वालुवा चालेर खाने जीवन जल्दा पनि अस्पतालमै सुनिएन बुढाबुढीको क्रन्दन

वालुवा चालेर खाने जीवन जल्दा पनि अस्पतालमै सुनिएन बुढाबुढीको क्रन्दन

नेता गौतमद्वारा आर्थिक सहयोगको अपिल


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १५ कार्तिक २०७७
  • 15.9K
    Shares

एकातिर गरिबी छ, अर्कोतिर बालुवा चालेर बाँचेको जीवन, त्यही पनि आगोले जलेर बुढाबुढी नै गण्डकी मेडिकल कलेजको परिसरमा छटपटाई रहेका छन्। उनीहरुसंग उपचार गर्ने पैसा छैन। तर गण्डकी मेडिकल कलेजका डाक्टर र नर्सहरु उनीहरुलाई फर्किएर सम्म हेरिरहेका छैनन्।

यो हो गरिबीको पीडा। यति बेला गोरखातिर घर भएका अन्दाजी ६०-७० वर्ष उमेरका बुढाबुढी जसको स्पस्ट पहिचान खुल्न सकिरहेको छैन। उनीहरु ऐया र आत्थु गरिरहेका छन् तर उनीहरुको क्रन्दन कसैले सुनिरहेको छैन। अस्पतालभित्रै भए पनि उनीहरुको घाउमा कसैले मलमसम्म लगाएको छैन।

पोखरा महानगरपालिका वडा नम्बर १९ पुरुन्चौरमा बस्दै आएका ती बुढाबुढी सेती नदीमा बालुवा चालेर जिविको चलाइरहेका थिए। राती ग्यास गन्हाएपछि लाइटर बालेर हेर्न खोज्दा झ्याप्प आगो सल्किएर दुवै जना बुढाबुढी सख्त घाइते भएका छन्। उनीहरुलाई स्थानीय बासिन्दा समेत रहेका अनेरास्ववियूका केन्द्रिय सदस्य शेखर गौतमले उद्धार गरेर उपचारका लागि ट्याक्सी चढाएर पोखरा पठाए।

उनीहरुलाई उपचारका लागि ट्याक्सीले पोखराको पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेज लगिदियो। तर उनीहरुको चिच्याहट र क्रन्दन कसैले सुनिरहेका छैनन्।

अनेरास्ववियूका नेता गौतमले अस्पताल प्रशासनलाई आफ्नो परिचय दिंदै पिडित बुढाबुढीको उपचार गरिदिन आग्रह गरिरहे। तर अस्पताल प्रशासनले टेरिरहेको छैन। उनले बाध्य भएर ती बुढाबुढीको उपचार खर्च उठाउन सामाजिक संजालमार्फत अनुरोध गरिरहेका छन्।

उनले आफ्नो स्टाटसमा लेखेका छन् ,””सहयोग गरौं सेयर गरौ”
आज बिहान करिब 4:30 बजे पोखरा 19 पुरुन्चौरमा बस्ने स्थायी ठेगाना गोर्खा तिरका 60-70 बर्षका पुरुष र महिला खोलाको बालुवा चाल्ने मजदुर आफू बस्ने कोठामा अकस्मात आगो लाग्दा जलेर अहिले जि एम सि हस्पिटलमा हुनुहुन्छ। उहाहरुसग पैसा नभएर हस्पिटलले कुनै उपचार सुरु गरेको छैन । मैले बारम्बार अनुरोध गरिरहेको छु, कोहि नजिकै हुनुहुन्छ भने त्यहा गएर आर्थिक र उपचारमा सहयोग गरि जीवन जोगाउन अनुरोध गर्दछु।👏

प्रतिक्रिया