संक्रमित बाग्लुङका वृद्धको पोखरामा मृत्यु एकाबिहानै पाेखरा महानगरपालिकाका ६० जनामा संक्रमण पुष्टि

संक्रमित बाग्लुङका वृद्धको पोखरामा मृत्यु एकाबिहानै पाेखरा महानगरपालिकाका ६० जनामा संक्रमण पुष्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १४ कार्तिक २०७७
  • 7.9K
    Shares

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित बाग्लुङका ७२ बर्षीय बृद्ध बिहीबार साँझ मृत्यु भएको छ भने शुक्रबार एकाबिहानै पाेखरा महानगरपालिकाका ६७ जनासहित गण्डकी प्रदेशमा थप ९८ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । सवैजनाकाे कन्ट्याक ट्रेसिङ र फिवर क्लिनकबाट संक्रमण पुष्टि भएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

संक्रमित हुनेहरूमा पाेखराका ६७ जना, नवलपरासीका २२ जना, तनहुँका ८ जना, स्याङ्जाका ३ जना, लमजुङका २ जना, गाेरखाका २ जना र पर्वतका १ जना रहेकाे निर्देशनालयले उल्लेख गरेकाे छ ।

बाग्लुङ जिल्ला, गल्कोट नगरपालिका – ३ का ७२ बर्षीय कोरोना संक्रमित पुरुषको मिति २०७७/०७/१३ गते, साझँ ५:०५ बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको आई.सि.यु. मा उपचारका क्रममा दुखद निधन भएको छ | मिति २०७७/०७/०८ गते कोरोनाको संक्रमण पुष्टि भएको वहाँमा COVID 19, Pneumonia र Hypertension लगायतका समस्या रहेको जानकारी अस्पताल प्रशासनबाट प्राप्त भएको छ | यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको व्यहोरा समेत अनुरोध छ |

प्रतिक्रिया
सम्बन्धित समाचार