चरक मेमोरियल अस्पतालमा आजै अर्को एकजना कोरोना संक्रमितको मृत्यु

चरक मेमोरियल अस्पतालमा आजै अर्को एकजना कोरोना संक्रमितको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १३ कार्तिक २०७७
  • 7K
    Shares

चारक मेमोरियल हस्पिटल, पोखरा

पोखराको चरक मेमोरियल अस्पतालमा आज फेरी अर्को एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

पर्बत जिल्ला, कुश्मा नगरपालिका वडा नम्बर ६ का ५५ बर्षीय कोरोना संक्रमित पुरुषको चरक मेमोरियल अस्पतालमा उपचार हुँदाहुँदै आज बिहान मृत्यु भएको हो। हिजो कोरोना सक्रमित भएको पुष्टि भएपछी चरक मेमोरियल अस्पताल, पोखराको आई.सि.यु. मा उपचार जारी थियो।

उनी निमोनिया, स्वासप्रस्वास सम्बन्धी र मानसिक रोगबाट ग्रस्त रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। उनीसंगै ण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७२ पुगेको निर्देशनालयले जानकारी दिएको छ। यसभन्दा अघि गएराती पोखरा महानगरपालिका वडा नम्बर १३ की ३६ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको निर्देशनालयले बताएको थियो।

यसैगरी गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या सातहजार एक पुगेको छ | बि.पी. कोईराला स्मृती क्यान्सर अस्पताल र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ९ जना संक्रमितहरुको विवरण तपशिल बमोजिम रहेको छ|

प्रतिक्रिया
सम्बन्धित समाचार