चर्चित टेलिभिजनकर्मी रबि लामिछाने दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि

चर्चित टेलिभिजनकर्मी रबि लामिछाने दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १३ कार्तिक २०७७
  • 9.5K
    Shares

रबि लामिछाने र निकिता पौडेल

चर्चित टेलिभिजनकर्मी एबम न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामेछाने र उनकी धर्मपत्नी निकिता पौडेललाई कोरोना संक्रमण भएको छ । लामिछानेले मंगलबार रातिबाट हल्का ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा आफू र श्रीमति निकिता पाैडेल दुवैलाई कोरोना पोजेटिभ देखिएको कोरोना संक्रमण देखिएको फेसबुकमार्फत् बिहीबार बिहान जानकारी दिनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘हामी दुवैको स्वास्थ्य सामान्य छ,’ , ‘केही पेशागत क्रियाकलपाले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुनसक्दछ ।’ घरमा आफ्नो दम्पत्ति मात्र रहेकोले धेरै समस्या नरहेको उनले बताएका छन् । उनको आग्रह छ, ‘घरमा हामी दुई मात्र छौं । त्यसैले धेरै समस्या छैन र तर घरमा वृद्ध अवस्थाका सदस्यहरु हुनेले चाहिँ विल्कुल लापरबाही नगरौं ।’

गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो PCR टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ। घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं।

प्रतिक्रिया