कोरोना संक्रमणकाकारण पोखरामा गएराती थप एक महिलाको मृत्यु भएको छ। मृत्यु हुने महिला पोखरा महानगरपालिका वडा नम्बर १३ की ३६ वर्षीया महिला रहेको छिन।
उनको गएराती ११ बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। उनी गएको कार्तिक ५ गते कोरोना संक्रमित भै साबिक पश्चिमान्चल क्षेत्रीय अस्पताल हाल पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तरगतको कोबिद-१९ उपचार केन्द्रमा भर्ना भएकी बताइएको छ।
उनी रक्तचापको समस्याका साथै निमोनियाकॆ बिरामी रहेको पनि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ।
कोरोना संक्रमणबात सो अस्पतालमा मृयु हुने ती महिला २० औं हुन्।
