पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु

हालसम्म गण्डकी प्रदेशमा कोरोनाकाकारण ५७ जनाले ज्यान गुमाए


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ५ कार्तिक २०७७
  • 4.4K
    Shares

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कोबिद उपचार केन्द्रमा गएराती कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ।

म्याग्दीको धौलागिरी-७ का ८५ वर्षीय संक्रमित पुरुषको मंगलबार राति ८:२५ बजे उपचारको क्रममा निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ।

त्यस्तै गरी नवलपुरको गैंडाकोट-७ का ५० बर्षीय पुरुषको पनि मंगलबार बिहान ९:५६ बजे चितवन मेडिकल कलेज चितवनको कोभिड सघन उपचार कक्षमा उपचारको क्रममा निधन भएको निर्देशनालायाले जानकारी दिएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।

प्रतिक्रिया