रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अफ नेपाल (रेवान) पोखराको अध्यक्षमा लक्ष्मण बराल निर्वाचित भएका छन् ।
पोखरामा भएको २६ औं साधारणसभा तथा १४ औं अधिवेशनबाट बराल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
अधिवेशनबाट प्रथम उपाध्यक्षमा नरेश भट्टराई, द्वितीय उपाध्यक्षमा विश्वराज पौडेल, महासचिवमा विकास भट्टराई, सचिवमा भिष्म पौडेल, कोषाध्यक्षमा लोक गुरुङ र सहकोषाध्यक्षमा रोशनजङ्ग कार्कीलाई चयन गरेको छ ।
सदस्यमा दोर्जे लामा, योगेश भट्टराई, वैभव पौडेल, वीरेन शेरचन, वसन्त गौतम र राजेन्द्र ढकाल निर्वाचित भएका छन् ।