२४ घण्टामा थप दुईहजार नौसय ४२ जनामा कोरोना संक्रमण पुष्टि, थप १२ जनाको कारोनाबाट मृत्यु

२४ घण्टामा थप दुईहजार नौसय ४२ जनामा कोरोना संक्रमण पुष्टि, थप १२ जनाको कारोनाबाट मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २ कार्तिक २०७७
  • 4.7K
    Shares

कोरोनाकारण मृत्यु

आइतबार थप २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप १२ जनाको कारोनाबाट मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। थपिएका संक्रमितमध्ये एकहजार छसय ९८ जना काठमाडौं उपत्यकाका छन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या एकलाख ३२ हजार दुईसय ४६ पुगेको छ।

यसै गरी गएको २४ घण्टामा थप १२ जनाको कारोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या सातसय ३९ पुगेको छ।

त्यस्तै यस अवधिमा दुईहजार तीनसय २६ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९२ हजार एकसय ६६ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार तीनसय ४१ रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया