पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप २१ जनाको मृत्यु भएको छ भने चार हजार तीनसय ९२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार, देशभरका प्रयोगशालामा १६ हजार पाँचसय ३१ नमुना परीक्षण गर्दा चार हजार तीनसय ९२ जनामा कोरोना संक्रमण संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये दुईहजार चार सय दुई जना काठमाडौं उपत्यकाका रहेका छन् ।
यीसहित हालसम्म संक्रमित हुनेको संख्या एक लाख २६ हजार एकसय ३७ पुगेको छ। पछिल्लो २४ घन्टामा तीन हजार पाँचसय २२ जना संक्रमित निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८८ हजार ४० पुगेको छ। अहिले देशका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा ३७ हजार ३८२ सक्रिय संक्रमित छन्।