पोखरा रामबजार बस्दै आएका विक लागूऔषधसहित पक्राउ

पोखरा रामबजार बस्दै आएका विक लागूऔषधसहित पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २९ असोज २०७७
  • 3.5K
    Shares

आश तमु पोखरा । बुधबार पोखरामा लागूऔषधसहित १ युवा पक्राउ परेका छन् ।

अन्नपूर्ण गाउँपालिका १० घान्द्रुक घर भई पोखरा १० रामबजार बस्दै आएका २० वर्षे प्रकाश विक पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय, बगरबाट खटिएको टोलीले उनलाई राति साढे १ बजे नदिपुरबाट पक्राउ गरेको हो ।

उनको साथबाट ६ सय ५० ग्राम गाँजा फेला परेको थियो । उनलाई प्रहरीले निलो प्लास्टिकमा गाँजा हालेर बाटोमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले बताए ।

उनीमाथि लागू औषध नियन्त्रण ऐन, २०३३ विपरीतको कसूर अन्तर्गत १८ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको डिएसपी हमालले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार