स्याङजामा महिलामाथि कुटपिट गरी हत्या गरेको आरोपमा कृष्ण परियार पक्राउ

स्याङजामा महिलामाथि कुटपिट गरी हत्या गरेको आरोपमा कृष्ण परियार पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, २६ असोज २०७७
  • 2.7K
    Shares

स्याङजामा एक महिलामाथि कुटपिट गरी हत्या गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्।

सोमबार जिल्ला प्रहरी कार्यालय स्याङजाले पुतलीबजार नगरपालिका ३ कालीमाटीका ४१ वर्षीय कृष्ण परियारलाई पक्राउ गरेको हो।

प्रहरीले आज बिहान पौने ७ बजे वडा नं। १ स्थित टेलिकम कम्पाउन्डनजिक बालमन्दिरमा एक महिला घाइते अवस्थामा रहेको सूचना पाएको थियो।

ती महिला सोही ठाउँकी ३५ वर्षीया मनकुमारी नेपाली थिइन्। उपचारको लागि जिल्ला अस्पताल पुर्‍याउँदा उनलाई डाक्टरहरूले बिहान सात बजे मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

घटनाको अनुसन्धान गर्दा उनीमाथि आइतबार साँझ ७ बजे परियारले कुटपिट गरी फरार भएको खुलेको थियो। उनीमाथि अनुसन्धान गर्न प्रहरीले पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरिसकेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार