गण्डकी अटोमेकानिकल वक्र्स एशोसियसनको २७ औं वार्षिक उत्सवमा रक्तदान, ८८ पोइन्ट संकलन

गण्डकी अटोमेकानिकल वक्र्स एशोसियसनको २७ औं वार्षिक उत्सवमा रक्तदान, ८८ पोइन्ट संकलन


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २० असोज २०७७
  • 5.4K
    Shares

आश तमु पोखरा – कोरोना महामारिकाबीच रगतको अभाव हुन नदिन गण्डकी अटोमेकानिकल वक्र्स एशोसियसनले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । एशोसियसनको २७ औं वार्षिक उत्सवको अवसरमा गरिएको रत्तदान कार्यक्रममा ८८ जनाले रक्तदान गरेका थिए ।

सोही कार्यक्रममा ६४ पटक रक्तदान गर्ने एशोसियसनका सल्लाहकार कृष्ण थापालाई रक्तदान अभियानको कदरस्वरुप सम्मान गरिएको थियो । कार्यक्रममा गण्डकी अटो डिर्लस एशोसियसनका अध्यक्ष चन्द्र कुवँर, ट्यूव टायर मर्मत एशोसियसनका अध्यक्ष चन्द्रेश्वर बस्ताकोटी, पूर्व अध्यक्ष कुल बहादुर नेपालीले वक्र्स व्यवसाय संचालनमा सरकारले वेवास्ता गरेकोले व्यवस्थीत गराउन सहयोग गर्नुपर्ने बताए ।

एशोसियसनका अध्यक्ष सानुमान जलारी, सम्मानित व्यक्तित्व कृष्ण थापा, रक्तसंचार केन्द्रका प्राविधिक महेन्द्र के।सी।, वरिष्ठ उपाध्यक्ष किरण कपाली, कार्यक्रम संयोजक सन्तोष मिश्र,महासचिव पुरुषोत्तम भण्डारी कार्यलय सचिव पार्वती बराल लगायतले संस्थाको विविध पक्षमा आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार