गोरखाका नौ प्रहरी र दुईजना थुनुवामा कोरोना पुष्टि

गोरखाका नौ प्रहरी र दुईजना थुनुवामा कोरोना पुष्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १९ असोज २०७७
  • 4K
    Shares

गोरखा – सोमबार गोरखाका नौ जना प्रहरी र दुईजना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत एकजना असईसहित त्यहाँका दुई थुनुवा र बाह्रकिलो प्रहरी चौकीमा कार्यरत आठजना प्रहरीमा कोरोना पुष्टि भएको हो । त्यसैगरी गोरखामा सोमबार जिल्लाभर १८ जना कोरोना संक्रमित थपिएका छन् ।

यी बाहेक बाह्रकिलो चौकीमा कार्यरत प्रहरीको कन्ट्याक्ट ट्रेसिङमा परेका परिवार भित्रका दुईजना पुरुष र फलफूल व्यापारी गोरखा नगरपालिका ११ का २२ वर्षका पुरुष र ४१ वर्षीया महिलामासमेत कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशानलयले जनाएको छ ।

गोरखामा विद्यालय पढाउन आएका एक शिक्षक र दुबईबाट फर्केका गोरखा नगरपालिका १३ मा होम क्वारेन्टिन बसेका अर्का एक गरी दुईजनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार