कास्की नयाँपुलमा स्कुटर दुर्घटना हुँदा पछाडी सवार स्याङ्जाका एक युवकको मृत्यु

कास्की नयाँपुलमा स्कुटर दुर्घटना हुँदा पछाडी सवार स्याङ्जाका एक युवकको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १७ असोज २०७७
  • 5.7K
    Shares

शनिबार बिहान कास्की नयाँपुलमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका ५ नयाँपुलमा ग १० प २१२२ नं.को स्कुटर बिहान ४ : ३० बजे दुर्घटना हुदाँ  स्कुटरको पछाडी सवार स्याङ्जा जिल्ला आधिखोला गाउँपालिका– ६ निवासी २६ वर्षीय पुस्कर बस्नेतको मृत्यु भएको हो ।

कास्की जिल्लाबाट पर्वत जिल्लातर्फ जादै गरेको उक्त स्कुटर कास्की र पर्वत जिल्ला जोड्ने पुलको बारमा ठोक्किँदा र्दुघटना भएको हो । दुर्घटनामा परी गम्भीर घाइते बस्नेतको पोखराको सृजनाचोक स्थित मेट्रोसिटी अस्पतालमा उपचारका क्रममा शनिबार बिहान ६।३० मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते स्कुटर चालक स्याङ्जा आधिखोला गाउँपालिका–६ निवासी २५ वर्षीय सन्तोष न्यौपानेको पोखरा सृजनाचोक स्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा कास्की प्रहरीले थप अनुसन्धान अगाडि वढाएको  छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार