केमिकल दुर्घटनामा परि उपचारत अधिकारीलाई युथ कम्युनिटी क्लव पोखराको आर्थिक सहयोग

केमिकल दुर्घटनामा परि उपचारत अधिकारीलाई युथ कम्युनिटी क्लव पोखराको आर्थिक सहयोग


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १५ असोज २०७७
  • 4.5K
    Shares

केमिकल दुर्घटनामा परि अस्पतालमा उपचारत रोशन अधिकारीलाई युथ कम्युनिटी क्लव  पोखराले आर्थिक सहयोग गरेको छ ।

क्लवका कार्यसमिति सदस्य समेत रहेका अधिकारी केही दिन अगाडि केमिकल दुर्घटनामा परि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको सघन कक्षमा उपचाररत रहेको र उनलाई क्लवले १६ हजार आर्थिक सहयोग गरेको क्लवका विपद ब्यवस्थापन उपसमिति संयोजक शर्मिला लामाले जानकारी दिइन ।

युवा ब्यवशायीहरु बीच साथ, सहयोग र सहकार्यका लागी भन्ने उद्देश्यका साथ स्थापित युथ कम्युनिटी क्लवको विपद ब्यवस्थापन कोषबाट ८ हजार र क्लवका आवद्ध सदस्यहरुबाट संकलित ८ हजार गरी १६ हजार आर्थिक सहयोग गरिएको र थप सहयोगका लागी ग्रीन डेभलपमेन्ट बैंकको खाता नम्बर ००६२१५०००१११३९०००००१ मा रकम संकलन गर्न सकिने समितिका सह संयोजक संजय शर्माले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार