पोखरा २७ तालचोकबाट तास खेलिरहेको अवस्थामा २५ हजार नगद सहित ७ पक्राउ

पोखरा २७ तालचोकबाट तास खेलिरहेको अवस्थामा २५ हजार नगद सहित ७ पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १२ असोज २०७७
  • 3.6K
    Shares

सांकेतिक तस्विर

आश तमु पोखरा  – पोखरा २७ तालचोकमा तास खेलिरहेको अवस्थामा ७ जनालाई  प्रहरीले पक्राउ गरेका छन् ।

पोखरा २७ तालचोक बस्ने बाग्लुङ जैमुनी घर भएका निर बहादुर शाहीको कोठामा तास खेलिरहेको अवस्थामा ७ जनालाई नगद २५ हजार ९ सय ८५ रुपैयाँ र ४ बुक तास सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा तास खेलिरहेको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार