पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचाररत स्याङ्जाका १ जनामा कोरोना पुष्टी

पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचाररत स्याङ्जाका १ जनामा कोरोना पुष्टी


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १२ असोज २०७७
  • 3.3K
    Shares

पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत १ जना सहित गण्डकी प्रदेशमा थप १८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा तनहुँका ८ जना। लमजुङमा १ जना , नवलपरासी (ब।सु।पू) का ७ जना र गोरखामा थप १ जनालाई संक्रमण पुष्टि भएको  हो । तनहुँ जिल्लाको ब्यास नगरपालिका १ का २ जना पुरुष, २ का १ जना महिला, ३ का १ महिला र १ पुरुष, ७ का १ पुरुष, १० र १३ का ११ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यस्तै लमजुङमा राइनास ४ का ३० वर्षीय पुरुष रहेका छन् ।

यता चितवन मेडिकल कलेज चितवनमा गरिएको परीक्षणका क्रममा नवलपरासी (ब।सु।पू) जिल्लाको गैंडाकोट २ का २५ र ३८ वर्षीय पुरुष तथा ८ का २८ र ४२ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

यस्तै कावासोती ३ का १० वर्षीय बालक सहित १६ का ३६ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । जिल्लाको देवचुली १७ का ५२ वर्षीय महिलालाई समेत संक्रमण पुष्टि भएको छ ।

गोरखा जिल्लाको सहिद लखनथापा १ का ५३ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ७ सय ९५ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार