पोखरा महानगरपालिका वडा नं २८ ले आफनो वडा भित्र रहेका सामुदायिक तथा सस्थागत विद्यालयलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
विश्व ब्यापी रुपमा फौलिएको कोरोना भाईरसका कारण बैशाख महिना देखि वन्द रहेका विद्यालयहरुको पठन पाठनमा सहयोग पुग्ने गरि १० वटा बिद्यालयहरुका लागि आवस्यक पर्ने माक्स र सावुन विहिवार एक कार्यक्रमका विच सम्वन्धित विद्यालयका प्रअ तथा ब्यवस्थापन समितिका अध्यक्षहरुलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको हो ।
वडा भित्र रहेका एक सस्थागत,दुई मावि र सात वटा आधारभुत विद्यालयका विद्यार्थी तथा शिक्षकहरुलाई डेढ महिनाका लागी पुग्ने करिव ३५ हजार पिस माक्स र साबुन प्रदान गरिएको वडा नं २८ का सुचना अधिकारी सुभास भुजेलले जानकारी दिएका छन् ।
पोखरा महानगरपालिका शिक्षा महासाखाको निर्देशन अनुरुप नेपाल सरकारले तोकेका सुरक्षाका विधिहरु अपनाएर शौक्षीक सस्था संचालन गर्ने निर्णय अनुरुप विद्यार्थीहरुलाई पठन पाठनमा समावेस गराउनेका लागि वडाले स्वास्थ्य सामाग्री वितरण गरेको वडाअध्यक्ष निर्मल दियालीले जानकारी दिएका छन् ।
वडाको स्वास्थ्ये शिक्षा बजेटबाट विनियोजित करिव एक लाख ७५ हजार बरावरको रकमबाट स्वास्थ्य सामाग्री खरिद गरि विद्यालयका प्रधानाध्यापक र ब्यवस्थापन समितिका अध्यक्षहरुलाई वडाअध्यक्ष निर्मल दियालीले उक्त स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेका हुन् ।
फोटो : पोखरा महानगरपालिका वडा नं २८ भित्र रहेका सामुदायिक तथा सस्थागत विद्यालयहरुलाई स्वास्थ्य सामाग्री प्रदान गर्दै वडाअध्यक्ष निर्मल दियाली ।