बागलुङको जैमिनी निउरेनी जनता.प्रा.बि मा छात्रावृत्ति बितरण

बागलुङको जैमिनी निउरेनी जनता.प्रा.बि मा छात्रावृत्ति बितरण


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३० भाद्र २०७७
  • 3.9K
    Shares

बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ७` जैदी निउरेनिमा` रहेको जनता प्राथमिक विद्यालयका शिक्षक शिक्षिकाले कोरोना कहरलाइ मध्यनजर गर्दै सामाजिक दुरि काएम गरि विद्यार्थी र विद्यार्थीका अभिभावकलाई विद्यालयबाट उपलब्ध हुने छात्रावृत्ति वितरण गरेको छ । छात्रावृत्ति दलितका छात्र/छात्रा दुबै तथा जनजाति र अन्यका छात्राले प्राप्त गरेका हुन भने उक्त बिधालयका १५ जनालाइ बितरण गरिएको हो ।
शिक्षक अभिभावक संघका अध्यक्ष श्री कलाधर रसाइलीको उपस्थितिमा बितरण गरिएको छात्रवृत्तिमा प्र.अ जमुनादेवी शर्मा तथा शिक्षक नवीन रानाको उपस्तिथिति थियो ।
कोरोना भाइरसको रोकथामका लागि गत बर्ष चैत ११ गतेदेखि लकडाउन भए सँगै शैक्षिक संस्था बन्द भएको थियो । देश भरका लाखौ विद्यार्थीको भबिस्य अन्योल सृजना भएको छ । कोभिड १९ र अहिलेको महामारी तथा भ्रम तथा सचेतना सम्बन्धमा पनि बिधालयमा छलफल भएको थियो ।

“श्रावण महिनामा टोल शिक्षा सहजीकरण सञ्चालन भए पनि भाद्र महिनामा जैमिनीका एक स्वास्थ कर्मीलाई कोरोना पुष्टि भए सङ्गै स्थगित गरिएको थियो र छिट्टै सुचारु गर्ने दिशामा विद्यालय रहेको बिधालयका शिक्षक नविन रानाले जानकारी दिनुभयो ।
” बिधालयले विद्यार्थीको भबिस्यलाई मध्यनजर गर्दै अभिभावक र सरोकारवालाहरु सङ छलफल तथा परामर्श जारी रहेको छ” ,उनले भने ।
कोरोनाको जोखिम कायमै रहेपनि दुरी कायम राख्दै ,आफू घर-घरमै गएर विद्यार्थीलाई सहयोग गर्दै आएको छु” उनले थपे ।

प्रतिक्रिया
सम्बन्धित समाचार