लमजुङ जिल्लामा कार्यरत १७ सैनिक र एक बैंकका कर्मचारी सहित गण्डकी प्रदेशमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज बिहाइन जारी गरेको प्रेस बिज्ञप्ति अनुसार, लमजुङमा कोरोना संक्रमण पुष्टि भएका बेसीसहर ८, का ३२ बर्षीय पुरुष ग्लोबल आई.यम.ई. बैंकका कर्मचारी हुन् भने अन्य १७ जना पुरुषहरु नेपाली सेनामा कार्यरत छन्
त्यस्तै पोखराको रानीपौवामा रहेको साई अर्चना अस्पतालमा कार्यरत् पोखरा महानगरपालिका वार्ड ११ का एकजनालाई पनि कोरोना संक्रमण भएको छभने दुबईबाट मादी गाउँपालिका घर आएका एक व्यक्तिमा पनि कोरोना संक्रमण देखिएको छ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या हालसम्म एकहजार नौसय ३६ पुगेको छ | यो संख्या क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २३ जना संक्रमितसहित हो। यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या एकहजार छसय ४३ जना निको भएर घर फर्किएका छन् जुन संक्रमितको तुलनामा निको हुने दर ८४.८६ %) रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
