बिप्लवले भारत र चीनलाई पत्र लेखे : मोदीलाई चेतावनी, सिलाई अनुरोध

बिप्लवले भारत र चीनलाई पत्र लेखे : मोदीलाई चेतावनी, सिलाई अनुरोध


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ६ जेष्ठ २०७७
  • 8.5K
    Shares

बिद्रोही ने.क.पा.का महासचिब बिप्लवले मिचिएको नेपाली भुमि कालापानी छाड्न तथा छाड्ने कार्यमा सहयोग गर्न भारत र चीनलाई पत्र लेखेका छन्।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतीय राजदूतावासमार्फत र चिनियाँ राष्ट्रपतिलाई पनि नेपालस्थित चिनियाँ दूतावासमार्फत महासचिव विप्लवले पत्र पठाएका हुन् ।

महासचिव विप्लवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लेखेको पत्रमा “साम्राज्यवादी हमला बन्द गरी अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत क्षेत्रबाट तत्काल फिर्ता जान चेतावनी” दिएका छन् भने चीनका राष्ट्रपति सी जिनपिङलाई पठाइएको पत्रमा “भारतद्वारा अतिक्रमित भूमि नेपाललाई फिर्ता गराउँदै नेपालको सार्वभौमसत्ताको सम्मान गर्न” आग्रह गरिएको छ ।

भारतीय प्रम मोदीलाई पठाइएको पत्रमा महासचिव विप्लवले, ‘नेपालको भू-भाग पश्चिम नेपालको लिपुलेक क्षेत्रमा भारत सरकारद्वारा सडक निर्माण गर्ने कार्यले आम नेपाली जनतालाई क्षुब्ध बनाएको’र लिम्पियाधुरा, कालापानी क्षेत्र भारतको हो भनेर दाबी गरेका कारण नेपाली र भारतीय जनता आश्चर्यमा परेको” उल्लेख छ । भारत सरकारको यस्तो कार्यले १८१६ को सुगौली सन्धि, १८५० को शान्ति तथा मैत्री सन्धिको उल्लङ्घनका साथै नेपाल–भारतबीचको सम्बन्ध बिगार्ने कार्यमा प्रोत्साहन मिलेको कुरा उलेख गर्दै पत्रमार्फत महासचिव विप्लवले पत्रमा अगाडि भनेका छन्, ‘हाम्रो दृष्टिकोणमा लिम्पियाधुरा, कालापानीलगायत सयौँ स्थानमा भारतले नेपालको भूमि अतिक्रमण गर्नु भनेको नेपालमाथि साम्राज्यवादी आक्रमण र हमला हो ।”  हाम्रो जिम्मेवार पार्टी नेपाल कम्युनिस्ट पार्टी जोडदार माग गर्दछ– भारत सरकारलाई अतिक्रमित नेपाली भूमिहरु लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायत सबै भूभाग तत्काल छोड्न र नेपाली सार्वभौमिकतामाथिको साम्राज्यवादी आक्रमण बन्द गर्न पनि त्यही पत्रमार्फत चेतावनी दिइएको छ।

यसैगरी महासचिव विप्लवले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई पठाएको पत्रमा, “हामीलाई विश्वास छ– भारतको धार्चुलादेखि नेपालको लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोडिने सडक भारतले भर्खरै उद्घाटन गरेको कुरा चीन सरकारलाई अवगत नै होला । यो कुरा नेपालको पहिचानविपरीत हुनुका साथै नेपाली जनतालाई पूर्ण रूपमा अस्वीकार्य ” रहेको कुरा उल्लेख छ।

महासचिव विप्लवले ज्ञापनपत्रमा अगाडि भनेका छन्, ‘चीनलाई यो कुरा राम्रोसँग थाहा हुनुपर्छ– यो भूभाग कहिल्यै पनि भारतको मातहत रहेन र यो नेपालको भूभाग हो । यस क्षेत्रमा भारतको उपस्थितिको सुरुआत सन् १९६२ को युद्धमा भएको हारपछि मात्र भएको हो । नेपालको भूभाग काली नदीको मुहान लिम्पियाधुरासम्म रहेको छ । भारतले लिम्पियाधुरा कालापानी क्षेत्रको कालापानीमा सैन्य ब्यारेक स्थापना गरेकाले नेपाली जनताहरू भारतीय अतिक्रमणका विरुद्ध आन्दोलित छन् । भारत र चीनबीच लिपुलेकलाई त्रिपक्षीय सीमा मानेको कुरा समयसमयमा नेपाली तथा भारतीय सञ्चार माध्यमहरूमा आइरहँदा नेपाली जनताहरू आश्चर्यमा पर्ने गर्दछन् ।’

ज्ञापनपत्रमा महासचिव विप्लवले, ‘यस सन्दर्भमा जब कि लिपुलेक नेपाल–चीनको सिमाना हो । लिपुलेकलाई भारत र चीन सिमाना मानेर लिपुलेक हुँदै दुई देश जोड्ने सडक निर्माण गर्ने सन् २०१५ को सम्झौतामा चीन सरकार सहमत हुनुले नेपाली जनता अत्यधिक आश्चर्यमा परेका छन् । चीनलाई राम्रोसँग थाहा छ– त्रिदेशीय सिमाना र काली नदीको मुहान लिम्पियाधुरा हो जुन भारत–चीन युद्धका बेलादेखि भारतले कब्जा गरेको छ । यस क्षेत्रमा भारतले आफ्नो सेनाका ब्यारेकहरू राखेको छ र यो नेपालको सार्वभौम क्षेत्रलाई पूर्ण रूपमा खाली गर्न भारत सरकारसँग नेपाली जनताले बारम्बार माग गर्दै आएका छन् ।’

चिनियाँ राष्ट्रपति सीलाई पठाएको ज्ञापनपत्रको अन्त्यमा महासचिव विप्लवले भनेका छन्, ‘हाम्रो जिम्मेवार पार्टी नेपाल कम्युनिस्ट पार्टी जोडदार माग गर्दछ–भारत सरकारले अतिक्रमित सबै भूभाग तत्काल छोडोस् र नेपाली सार्वभौमिकतामाथिको साम्राज्यवादी आक्रमण बन्द गरोस् । आफ्ना छिमेकी देशहरूको सार्वभौमिकताको पहिचान गर्ने जिम्मेवारीका लागि हामी जोडदार रूपमा चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीलाई स्मरण गराउन चाहन्छौँ । तसर्थ हामी हाम्रो पार्टी र नेपाली जनताका तर्फबाट चीन सरकारसँग आग्रह गर्दछौँ– नेपालको भूमि लिपुलेकको प्रयोग गर्ने चीन–भारतबीचको सम्झौता पुनरावलोकन गरियोस् र नेपालको सार्वभौमिकताको सम्मान गरियोस् ।’

त्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भारतबाट अतिक्रमित नेपाली भूमि तत्काल खाली गर्न आग्रह गरेको छ।

महासचिव विप्लवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापनपत्र लेख्दै अतिक्रमित कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको नेपाली भूमि फिर्ता गरेर त्यहाँबाट तत्काल फिर्ता जान भनेको हो।

पश्चिम नेपालको लिपुलेक क्षेत्रमा भारतद्वारा सडक निर्माण गर्ने कार्यले आमनेपाली जनतालाई क्षुब्ध बनाएको ज्ञापन पत्रमा उल्लेख छ। ‘लिम्पियाधुरा, कालापानी क्षेत्र भारतको हो भनेर दाबी गरेका कारण नेपाली र भारतीय जनता आश्चर्यमा परेका छन्।

भारत सरकारको यस्तो कार्यले १८१६ को सुगौली सन्धि, १८५० को शान्ति तथा मैत्री सन्धिको उल्लङ्घनका साथै नेपाल–भारतबीचको सम्बन्ध बिगार्ने प्रोत्साहनबाहेक केही गर्दैन,’ ज्ञापनपत्रमा भनिएको छ। यसैगरी, विप्लवले चीनका राष्ट्रपति सी जिनपिङलाई पनि ज्ञापनपत्र लेख्दै भारतद्वारा अतिक्रमित भूमि नेपाललाई फिर्ता गराउँदै नेपालको सार्वभौमसत्ताको सम्मान गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार