नेपाल प्रहरीमा लामो समयदेखि रिक्त १० जना प्रहरी नायब महानिरिक्षक पदमा १० जनालाई सिफारिश गरिएको छ। बढुवा समितिको शुक्रबार बसेको बैठकले १० जना बरिष्ठ प्रहरी उपरीक्षकहरुलाई प्रहरी नायब महानिरिक्षक (डिआईजी)मा बढुवा गर्न सिफारिश गरेको हो
बढुवा सिफारिशमा पहिलो नम्बरमा परेका छन्, प्रहरी प्रधान कार्यालय बिशेष ससस्त्र प्रहरी महाशाखाका एसएसपी घनश्याम अर्याल, दोश्रोमा प्रहरी प्रधान कार्यालय अनुसन्धान योजना तथा विकास निर्देशनालयका प्रकाशजंग कार्की र प्रहरी प्रधान कार्यालय तालिम महाशाखाका बसन्तकुमार पन्त। त्यस्तै चौथो नम्बरमा प्रहरी प्रधान कार्यालय मानब बेचबिखन अनुसन्धान ब्युरोका इश्वर बाबु कार्की, महानगरीय प्रहरी अपराध महाशाखा काठमाण्डौका सहकुलबहादुर थापा, प्रहरी प्रधान कार्यालय भर्ना छनौट महाशाखाका धिरजप्रताप सिंह पनि डिआईजी बढुवा सिफारिशमा परेका छन्।
लागु औषध नियन्त्रण ब्युरोका बसन्त कुमार लामा, प्रहरी प्रधानकार्यालय कार्य बिभाग कार्य महाशाखाका रबिन्द्र धानुक महानगरीय प्रहरी परिसर काठमाण्डौका उत्तमप्रसाद सुबेदी र अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रिय महाशाखाका अरुणकुमार बिसी पनि डिआईजी बढुवा सिफारिशमा परेका छन्।

बरिष प्रहरी उपरीक्षक पदबाट प्रहरी नायब महानिरीक्षक पदमा सिफारिश अधिकारीहरु