लकडाउनमा क्रिकेट नखेल्न भन्दा प्रहरीमाथि कुटपिट, प्रहरी हवल्दार घाइते, एक पक्राउ

लकडाउनमा क्रिकेट नखेल्न भन्दा प्रहरीमाथि कुटपिट, प्रहरी हवल्दार घाइते, एक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १६ चैत्र २०७६
  • 2.8K
    Shares

हिरासतमा बालक

लकडाउनको समयमा क्रिकेट खेलिरहेको युवाहरुको समुहले बारामा प्रहरीमाथि कुटपिट गरेको छ । बाराको परवानीपुर गाउँपालिका-५ गण्डक चोकमा क्रिकेट खेलिरहेको ८/९ जनाको समूहलाई सम्झाउने क्रममा उल्टै प्रहरीमाथि कुटपिट भएको हो ।

प्रहरीका अनुसार, लकडाउनको समयमा क्रिकेट नखेल्न सम्झाउँदा परवानीपुर गाउँपालिका ५ नौतन बहुअरीका २७ वर्षका गणेशकुमार साहले प्रहरीलाई क्रिकेटको ब्याटले हिर्काएका थिए ।

ब्‍याटले लागेर एक प्रहरी हवल्दार घाइते भएका छन् । साहलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार