नेपाल वायु सेवा निगमको जहाज नेपालगंज बिमानस्थलमा दुर्घटनाग्रस्त

नेपाल वायु सेवा निगमको जहाज नेपालगंज बिमानस्थलमा दुर्घटनाग्रस्त


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १५ चैत्र २०७६
  • 4.6K
    Shares

नेपाल बायु सेवा निगमको जहाज नेपालगन्जमा दुर्घटनाग्रस्त

कोरोनाभाइरस सङ्क्रमण सम्बन्धी उपचारका लागि आवश्यक पर्ने सामग्री लिएर काठमाण्डूबाट आएको नेपाल वायु सेवा निगमको जहाज शनिवार मध्यान्ह नेपालगञ्ज विमानस्थलमा अवतरण गर्दा धावनमार्ग भन्दा बाहिर गएपछि दुर्घटनाग्रस्त भएपनि चालकदलका सदस्य सबै सकुशल रहेका छन्। विमानमा सवारलाई केही नभए पनि विमानको बाहिरी भागमा सामान्य क्षति पुगेको नेपालगञ्ज विमानस्थलले जनाएको छ।

बिमान अवतरण गर्ने क्रममा चिप्लिएर विमानस्थलको धावनमार्गभन्दा बाहिर गएको थियो । दुर्घटनाको छानविन पछि मात्र घाँसे मैदानबाट विमान हटाएर मर्मत गरिने विमानस्थल प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए।

नाइन एन एकेयु कलसाइन भएको उक्त विमान अवतरणको क्रममा धावनमार्गबाट केही मिटर पर उछिट्टिएको थियो। विमान दुर्घटना भए लगत्तै उद्धार टिम खटिएको र विमानमा रहेका चालक दल लगायत पाँच जनाको तत्काल उद्धार गरिएको ठाकुरले बताए।

उक्त विमानमा कोरोनाभाइरस परीक्षणका लागि नेपालगञ्जबाट स्वाब पठाउने योजना पनि रहेको बताईएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार