काठमाण्डौ महानगरपालिका–१६ नयाँबजारस्थित श्री कृष्ण अटो वर्कशपमा लुकाई राखेको बा.५ च. ९१७५ नम्बरको कारको सिटमुनीबाट प्रहरीले आइतबार २ थान गोली र काठमाण्डौ महानगरपालिका–१३ टंकेश्वरबाट १ थान पेस्तोल बरामद गरेको छ ।
गोरखा, धार्के गाउँपालिका–४ लाप्राक घर भएका २८ वर्षीय कल्याण गुरुङलाई काठमाण्डौ नागार्जुन–५ घर भएका वर्ष ३५ का आश्विन भन्ने असुन गुरुङले काठमाण्डौको म्हैपीमा गोली प्रहार गरेको घटनाको अनुसन्धानको क्रममा प्रहरीले उक्त स्थानबाट गुरुङले प्रयोग गरेको कारबाट गोली र टंकेश्वरस्थित खुल्ला जमिनमुनी लुकाई राखेको अवस्थामा पेस्तोल बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।