रोल्पामा ठुलो संख्यामा सेना परिचालन

रोल्पामा ठुलो संख्यामा सेना परिचालन


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३१ भाद्र २०७४
  • 9.6K
    Shares

भाद्र ३१ – थवाङ्ग गाउ पाउलिका अध्यक्ष बिर बहदुर घर्तीको खोजीका लागि व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । तर, शुक्रबार बेलुकी सात बजेसम्म घर्ती फेला परेका छैनन् ।

प्रदेश नम्बर पाँचका प्रहरी प्रमुख मिङमार लामाले भने , ‘चारैतिरबाट जनशक्ति परिचालन गरिएको छ, हामी खोजी गरिरहेका छौं ।’

काठमाडौंबाट शुक्रबार दिउँसो उच्च प्रहरी अधिकारीसहितको टोली रोल्पा गएको छ । राप्ती अञ्चल प्रमुख एससपी दिलिपकुमार चौधरी नेतृत्वको एक टोली पनि रोल्पा पठाइएको छ । सदरमुकाम लिवाङ, घर्तीगाउँ लगायत स्थानबाट पनि घर्तीको खोजीमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार