१९ साउन, काठमाडौं । नेकपा एमालेले पाँच वटा जिल्लाको समन्वय समितिको उमेद्बार टुंगो लगाएको छ ।
आज संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको स्थायी समितिको बैठकले रुपन्देही, दाङ, प्यूठान, बाँके र संखुवासभामा उमेद्बारको टुंगो लगाएको स्थायी समिति सदस्य शंकर पोखरेलले जानकारी दिए ।
उनका अनुसार रुपन्देहीको प्रमुखमा एकराज विश्वकर्मा, दाङको प्रमुखमा जितेन्द्रमान नेपाली, प्यूठानको प्रमुखमा नेहर सिंह केसी, बाँकेको उपप्रमुखमा अतिउल्लाह खाँ र संखुवासभाको प्रमुखमा सुमन शाक्य र उपप्रमुखमा अम्विका खवासलाई उमेद्बार बनाउने निर्णय गरेको हो ।
पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचन भइसकेका जिल्लामा समन्वय समितिको चुनाव हुने क्रम चलिरहँदा एमालेले प्रमुख र उपप्रमुखको उमेद्बार भने स्थायी कमिटी बैठकबाटै निर्णय गर्दै आएको छ । अझै केही जिल्लामा उमेद्बार टुंगो लगाउन बाँकी रहेको एमालेले जनाएको छ ।