चामुण्डा विन्द्रासैनी नगरपालिका– ६ लैनचैवरकी शान्ता शाहीको विहीवार घर छेवैको छाउगोठमा सर्पले टोकेर मृत्यु भएको छ ।
विहीबार राती १० वजेतिर सुतिरहेको बेला शाहीलाई सर्पले डसेको थियो । उनको उपचारको क्रममा मृत्यु भएको बताइएको छ । सुरुमा उपचारका लागि स्वास्थ्य संस्थामा पुर्याउनुको साट्टो धामीझाँक्री लगाउन खोज्दा उपचार नपाएर उनको मृत्यु भएको जम्मु काध स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी कमला शाहीले जानकारी दिइन् ।
स्वास्थ्यकर्मी कमलाका अनुसार स्वास्थ्य संस्थामा ढिला ल्याइपुर्याएकोले शाहीको ज्यान जोगाउन नसकिएको हो ।
दैलेख जिल्लामा अझैपनि ३ सय ७६ वटा छाउगोठ रहेको तथ्यांक जिल्ला समन्वय समितिले उपलब्ध गराएको छ ।