चितवन / काठमाडौंबाट धनगढी आउदै गरेको यात्रुबाहक बस चितवनमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ईच्छाकामना गाउँपालिका- ३ चुम्लिङटारमा बस दुर्घटना हुँदा केन्द्रीय कार्यदल काठमाडौँमा कार्यरत प्रहरी जवान राजकुमार थारु र उनकी तीन महिने छोरी र बस चालक धनगढीका अन्दाजी ३० वर्षका दिनेश रानामगरको चालक रानामगरको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएकोजिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले बताए।
घटनामा परि घाइते भएका अन्य पाँच जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
काठमाडौँबाट धनगढीतर्फ आउँदै गरेको ना ६ ख २४६८ नम्बरको बस अनियन्त्रित भई भित्तामा ठोक्किएर नालातर्फ पल्टिएको थियो । बसमा सवार २७ जनामध्ये सकुशल रहेका २० जनालाई अन्य बसमा चढाएर गन्तव्यतर्फ पठाइएको थियो । (रासस)