अखिल(क्रान्तिकारी)को आयोजनामा प्राबिधिक शिक्षाको संम्भावना र चुनौति वारे बहस

अखिल(क्रान्तिकारी)को आयोजनामा प्राबिधिक शिक्षाको संम्भावना र चुनौति वारे बहस


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १९ असार २०७४
  • 10.9K
    Shares

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टीका नेता  हेमन्तप्रकाश  ओलि (सुदर्शन)ले “राज्यको खराव र अबैज्ञानिक शिक्षा नितीका कारण मुलुकको बिकासमा चुनौति खडा भएको”  बताएका छन् ।
अखिल(क्रान्तिकारी)सिटिइभिटीको आयोजनामा  आयोजित प्राबिधिक तथा ब्याबसायीक शिक्षा संम्भावना र चुनौति बिषयक अन्तरक्रियामा बोल्दै “दलालभ्रष्ट र कमिसनको शिकार शिक्षा क्षेत्र बन्दै गएको” बताए । 
मन्त्री देखी सचिव र तल्लो निकायसम्म कमिसन मुखी प्रशासनका  कारण शिक्षा क्षेत्र बदनाम भएको र यसको अन्त्यका लागी निर्णायक आन्दोलन गर्नुपर्ने उनको धारणा छ ।
कार्यक्रममा शिक्षा बिद डा.मन प्रसाद वाग्लेले “नेपालमा प्राबिधीक शिक्षा अनिबार्य भएपनि राज्यको उदासिनता र गैरजिम्मेबारका कारण प्राबिधीक शिक्षामा  अन्यौलता देखा परेको” आरोप लगाए ।
उनले “कुनै निती योजना  नभइ  संघियताको नाममा प्राविधिक शिक्षाजस्तो महत्वपूर्ण सेक्टर स्थानिय निकायलाई बिना कुनै तयारीबिना सुम्पनु दुखद भएको” बताए ।
केयुका पुर्व भिसी तथा सिटिइभिटी सस्थापक प्रा.डा सुरेशराज शर्माले “संबिधानका कुरा निकै मिठा भएपनि कार्यान्वयन जटिल हुने” बताए ।
कम्युनिस्ट पार्टीका नेता गुणराज लोहनीले “शैक्षिक आन्दोलनबारे नया बहस र धारणा आवश्यक रहेकाले अर्धदक्ष, दक्ष र अतिदक्ष जनशक्ति केन्द्रित बहसलाई आन्दोलनमा ब्यक्त गर्न आवश्यक रहेको धारणा राखे।
कार्यक्रममा बिधार्थि नेताहरु पुर्ण ब सिंह,अनिल शर्मा, रश्मि आचार्य ,संन्जीव न्यौपाने लगायतले प्राबिधिक शिक्षा जनताको सहज पहुँचमा हुनुपर्ने बताए ।
आयोजकको तर्फबाट संगठनका केस सचिबालय सदस्य तथा सिटिइभिटी संयोजक सुनिता बमले प्राविधिक तथा सिपमुलक शिक्षाका बहुआयमबारे अबधारणा पत्र पेश गर्दै अब प्राबिधिक मात्र होइन प्राविधिक शिपमुलक प्रविधि मैत्री शिक्षा हुनुपर्ने धारणा राखिन्। उनले सिटिइभिटी मा देखियको समस्या तत्काल हल गर्न समेत माग गरिन।

प्रतिक्रिया
सम्बन्धित समाचार