झापा । भद्रपुर नगरपालिका–६ स्थित दुर्गा मन्दिरका पुजारीले मन्दिरमै आत्महत्या गरेका छन् ।
भद्रपुर–६ निवासी ४२ वर्षीय प्रदीप चौधरीले आज बिहान करिब ६ बजे झुन्डिएर आत्महत्या गरेको वडा प्रहरी कार्यालयले जनाएको छ । बिहान मन्दिरको भान्सा कोठामा झुण्डिएको अवस्थामा देखेपछि डोरी काटेर स्थानीयले नजिकैको ओमसाई पाथिभरा अस्पताल पु-याएका थिए ।
अस्पताल पु-याएलगत्तै चिकित्सकले पुजारी चौधरीको मृत्यु भइसकेको घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकको शव मेची अञ्चल अस्पतालमा परीक्षणपछि आफन्तलाई जिम्मा लगाइएको थियो ।
आत्महत्याको कारण भने खुल्न सकेको छैन । रासस