पर्वतमा पहिरोमा परी वेपत्ता तीनै जनाको मृत्यु

पर्वतमा पहिरोमा परी वेपत्ता तीनै जनाको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १८ असार २०७४
  • 11.8K
    Shares

कुश्मा : पर्वत जिल्लाको महाशिला गाउँपालिका १ होश्राङ्दीमा गएराति वर्षासँगै आएको पहिरोले घर पुरिदा वेपत्ता भएका तीन जनाको मृत्यु भएको छ। साविकको होश्राङदी गाविस १ का ६३ वर्षीय तीर्थबहादुर मल्लको घर बस्तीमाथिको डाँडाबाट आएको पहिरोले पुरीएको हो।

घर पुँरीदा घर धनी मल्ल, उनकी आमा ८० वर्षीया बिनाकुमारी मल्ल र श्रीमती ५५ वर्षीया यमकुमारी मल्लको पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानिवासी र सुरक्षाकर्मीले बिहानैदेखि खोजीकार्य गर्दा उनिलाई मृत अवस्थामा फेला पारेका हुन्।

मल्लका छोरा भारतीय सेनामा कार्यरत रहनुभएको छ। भने बुहारी र नाती बुटबलमा बस्दै आएका छन्। झण्डै तीन मिटरमाथिबाट आएको पहिरोले घर पुरिएको थियो। अहिले मृतकका शव र आसपासका जोखिममा रहेका घर परिवारलाई समेत सुरक्षित स्थानमा सार्ने काम भइरहेको महाशिला वडा नं. १ का अध्यक्ष ईश्वरीप्रसाद भुसालले जानकारी दिनुभयो।

राति १२ बजेको समयमा घर पुरिएको स्थानीयले बताएका छन्। गाउँलेहरुले राति देखिनै उद्धारकार्य थालेका थिए। उक्त स्थानका अन्य ६ घर समेत पहिरोको जोखिममा परेका छन्। उनीलाई समेत सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय हुवासबाट प्रहरीको टोली पुगेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार