प्युठानमा पहिरोले घर पुरिँदा किशोरी वेपत्ता

प्युठानमा पहिरोले घर पुरिँदा किशोरी वेपत्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १८ असार २०७४
  • 11.7K
    Shares

प्युठान । गएरातिको अविरल वर्षासँगै झरेको पहिरोले प्युठानको गौमुखी गाउँपालिका ३ रजवारामा पहिरोले घर पुरिँदा एक किशोरी वेपत्ता भएकी छन् । गएरातिको अविरल वर्षासँगै झरेको पहिरोले केरबहादुर घर्तीको घर पुरिँदा उनकी १६ वर्षीया छोरी तुलसा घर्ती वेपत्ता भएकी हुन् ।

केरबहादुर र उनकी श्रीमतीको भने स्थानीयले उद्धार गरेका छन् । उनीहरुको छोरीलाई भने भेटाउन नसकिएको स्थानीय गोवर्द्धन थापाले जानकारी दिए ।

उद्धारका लागि प्रहरी टोली घटनास्थलमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रञ्जित सिंह राठौरले जानकारी दिए ।

गत वर्ष प्युठानका बिभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण ५४ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार