बालाजुको एक डान्सबारबाट प्रहरीले आज दिउँसो १९८ किशोर–किशोरीलाई नियन्त्रणमा लिएको छ ।
बालाजुस्थित हिमालय डान्सबारमा मादक पदार्थ सेवन गरेर होहल्ला गरिरहेको अवस्था महानगरीय प्रहरी वृत्त बालाजुको टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएकाहरुमा ४० किशोरी र १५८ किशोर रहेका छन् ।
पक्राउ परेका किरोकिसोरीहरुमा धेरै जना कक्षा आठदेखि प्लस् टु पढ्ने भएको वालाजु वृतका प्रमुख डिएसपी सन्तोष तामाङले जानकारी दिनुभयो । उनीहरुलाई परिवारका सदस्य बोलाएर सम्झाई बुझाई जिम्मा लगाइने उहाले बताउनु भयो ।