लहान : प्रहरी सहायक निरीक्षक गोबद्र्धन खत्रीले आफैले बोकेको हतियारबाट आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत खत्रीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक गोबद्र्धन खत्रीले गएराति आफैंले बोकेको हतियारले टाउकोमा गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेले जानकारी दिनुभयो।
उदयुपुरको त्रियुगा नगरपालिका–११ जलजले घर भएका प्रहरी सहायक निरीक्षक खत्रीले के कति कारणले आत्महत्या गरेको खुल्न नसकेको पोखरेलले बताउनुभयो। मृतकको शव परीक्षणको लागि जिल्ला अस्पताल सिरहामा राखिएको प्रहरीले जनाएको छ। रासस