तुलसीपुर । दाङको तुलसीपुरबाट वेपत्ता व्यापारी राजकुमार श्रेष्ठ मृत फेला परेका छन् । श्रेष्ठसँगै वेपत्ता भएका स्काभेटरको ठेक्कापट्टा गर्ने रणबहादुर घर्तीमगरको अवस्था भने अझै अज्ञात छ ।
श्रेष्ठको शव शुक्रबार छत्रेश्वरी गाउँपालिकाको रैजीकुटी जंगलमा फेला परेको तुलसीपुर प्रहरीले जनाएको छ ।
तुलसीपुरमा बुटवल बस्त्रालय सञ्चालन गरेका श्रेष्ठ र स्काभेटरको ठेक्कापट्टा गर्ने हापुरका घर्तीमगर गत जेठ २७ गतेदेखि वेपत्ता थिए ।।