एमाले अधिनायकवादतर्फ उन्मुख – रामचन्द्र पौडेल

एमाले अधिनायकवादतर्फ उन्मुख – रामचन्द्र पौडेल


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ असार २०७४
  • 23.6K
    Shares

रुपन्देही /  नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाउनुभएको छ ।

बुटवलमा नेपाली कांग्रेस र माओवादी केन्द्रले आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले लोकतान्त्रीकरण हुने बेलामा एमालेले भने सर्र्वसत्तावाद र अधिनायकवादको बाटो रोजेको आरोप लगाउनुभएको हो ।  त्यस्तै चुनावमा एमालेले राष्ट्रिय झण्डा प्रयोग गरेको भन्दै पौडेलले भन्नुभयो ‘नेपालको राष्ट्रिय झण्डा सबै नेपालीको हो । त्यसको दुरुपयोग गर्ने अधिकार एमालेलाई छैन ।’  नेता पौडेलले माओवादी केन्द्रसँग कांग्रेसको गठबन्धन राजनीतिक आवश्यकता भएको बताउँदै तालमेलअनुसार मतदान गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

रुपन्दहीकै एमाले सभालाई सम्बोधन गर्दै  एमाले अध्यक्ष केपी ओलीले सम्मृद्ध नेपालको योजना एमालेसँग मात्रै रहेको बताउनुभयो । उहाँले बैंश हराएपछि कांग्रेस माओवादीसँग सहकार्य गर्न गएको बताउनुभयो । उहाँले राजपालाई देखाएर प्रदेश नं २ को चुनाव सारको भन्दै सरकारको आलोचना पनि गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार