नेपालगञ्जमा फोरमका मेयर उम्मेदवार माथि आक्रमण

नेपालगञ्जमा फोरमका मेयर उम्मेदवार माथि आक्रमण


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १० असार २०७४
  • 10.6K
    Shares

काठमाडौं । नेपालगञ्ज उपमहानगरमा संघीय समाजवादी फोरम नेपालको तर्फबाट मेयरका उम्मेदवारमाथि अज्ञात समूहले आक्रमण गरेको छ ।फोरम उम्मेदबार कमरुद्दीन राईनमाथि शुक्रबार राति दश बजे एमालेको पार्टी कार्यालय अगाडि आक्रमणको प्रयास भएको हो ।

मुखमा नकाप बाँधेर मोटरसाइकलमा आएको समूहले गाडीमा अन्धाधुन्ध ईट्टाले हान्दै राईमाथि आक्रमण गरेको फोरम नेपाल बाँके जनाएको छ । ईटा प्रहारबाट बा.९च ६५२९ नम्बरको गाडीका सीसाहरु फुटेका छन् । उम्मेदबार राईनलाई भने कुनै चोटपटक लागेको छैन ।

संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदबार राईले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले केन्द्रको सामूहिक योजनामा आफूमाथि आक्रमण भएको आरोप लगाएका छन् । उनले भने, ‘फोरमको चुनावी लोकपि्रयताले उनीहरु आत्तिएका छन् । त्यसैले ममाथि आक्रमणको प्रयास गरेका हुन् ।’

प्रतिक्रिया
सम्बन्धित समाचार