इलाममा यसरी निकालियो जुलुस ‘गोर्खाज आर नट टेरोरिस्ट’

इलाममा यसरी निकालियो जुलुस ‘गोर्खाज आर नट टेरोरिस्ट’


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ८ असार २०७४
  • 12.5K
    Shares

८ असार, इलाम । दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन चर्किरहेको छ । त्यसको राप पनि आसपासको क्षेत्रमा फैलिदो छ ।

भौगोलिक हिसाबले नजिक रहेका इलाममा यसको प्रभाव नपर्ने कुरै भएन । इलाममा बस्ने दार्जिलिङबासीहरुले बिरोध र्‍याली निकाले ।‘गोर्खाज आर नट टेरोरिस्ट’, ‘सपोर्ट गोर्खा’, जस्ता प्ले कार्ड बोकेका उनीहरुले इलाम बजार परिक्रमा गरेका थिए ।

‘बङ्गाल सरकारले नेपालभाषीमाथि गरेको दमन बिरुद्ध’ भन्दै निकालिएको जुलुस माइती दार्जिलिङ समूह र इलामबासीले संयुक्त आयोजना गरेका हुन् ।स्रोत अनलाइन खबर

प्रतिक्रिया
सम्बन्धित समाचार