आज ठूलो एकादशी अर्थात ‘हरिबोधिनी एकादशी’

आज ठूलो एकादशी अर्थात ‘हरिबोधिनी एकादशी’


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ५ मंसिर २०८३
  • 171
    Shares

काठमाण्डौ, ४ मंसीर २०८३।

आज कार्तिक शुक्ल एकादशी ‘हरिबोधिनी एकादशी’ (ठूलो एकादशी) ब्रतको दिन, आज अर्थात् ‘हरिबोधिनी एकादशी’ (ठूलो एकादशी) .

आषाढ शुक्ल एकादशी (हरिशयनी) का दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज ब्युँझने धार्मिक विश्वासका साथ देशभर तुलसीको विशेष पूजा आराधना गरी यो पर्व मनाइँदै छ। आज घरघरमा तुलसीको मठलाई गाईको गोबर, रातो माटो र फूलमालाले सिँगारेर भगवान् दामोदर (विष्णु) सँग तुलसीको विवाह गरिदिने वैदिक सनातनी परम्परा छ।

धार्मिक रूपमा मात्र नभई वैज्ञानिक रूपमा पनि तुलसीलाई महाऔषधि मानिन्छ। तुलसीको सुगन्धले वातावरण शुद्ध पार्ने र रुघाखोकी, औलोलगायतका रोग तथा विषालु कीटाणु नष्ट गर्ने शक्ति यसमा रहेको प्रमाणित भएको छ। आज अन्न खान नहुने भएकाले सखरखण्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गर्ने चलन छ।

यस अवसरमा काठमाडौं उपत्यकाका चार नारायण (चाँगुनारायण, शेषनारायण, इचँगुनारायण र विशङ्खुनारायण) तथा बूढानीलकण्ठ नारायणस्थानलगायत देशभरका मन्दिरमा बिहानैदेखि भक्तजनको विशेष भीड लागेको छ।

हरिबोधिनी एकादशीको पावन अवसरमा सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना !

प्रतिक्रिया
सम्बन्धित समाचार