धादिङमा गएराती बिहानपख बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, नौ जना घाइते

धादिङमा गएराती बिहानपख बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, नौ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ५ मंसिर २०८३
  • 114
    Shares

पोखरा , ४ मंसीर २०८३।

धादिङको रुबीभ्याली गाउँपालिका–४ स्थित कलदाङमा गएराती बिहानपख बोलेरो गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

लापाबाट बोराङतर्फ जाँदै गरेको बोलेरो गए राति १:५५ बजे उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा एक महिलाको मृत्यु भएको हो भने नौ जना घाइते छन्।

बोलेरोमा सवार १० जनामध्ये उक्त दुर्घटनामा परेर रुबीभ्याली गाउँपालिका–४ की अन्दाजी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा घाइते भएका नौ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार