काठमाण्डौ, ३ मंसीर २०८३।
सर्लाही प्रहरीले अपहरण गरी बन्धक बनाइएका एक व्यक्तिलाई सकुशल उद्धार गर्नुका साथै घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अपहरण तथा शरीर बन्धक कसूरमा संलग्नहरूलाई पक्राउ गरिएको जानकारी दिएको हो।
प्रहरीका अनुसार गत कात्तिक २७ गते राति करिब १० बजे कौडेना गाउँपालिका–२, फुलपरासीबाट गोडैता नगरपालिका–९ का अन्दाजी ३७ वर्षीय सुनिल कुमार राय अपहरणमा परेका थिए। दुईवटा मोटरसाइकलमा आएका सन्तोष कुमार महतोसहित ४/५ जनाको समूहले रायलाई कुटपिट गर्दै पिकअप गाडीमा हालेर बरहथवातर्फ लगेको थियो।
पीडितका आफन्तले इलाका प्रहरी कार्यालय बरहथवामा जानकारी गराएपछि प्रहरीले तत्काल अनुसन्धान र खोजतलास सुरु गरेको थियो। खोजीका क्रममा भोलिपल्ट कात्तिक २८ गते बिहान ९ बजे बरहथवा नगरपालिका–५ स्थित राज कुमार महतोको घरको कोठामा बन्धक बनाइएको अवस्थामा रायलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।
उद्धारका क्रममा घटनास्थलबाटै बरहथवा–५ का ३१ वर्षीय सन्तोष कुमार महतोलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा अन्य संलग्नहरू सोही दिन बरहथवा–७ स्थित दूध डेरी चोकबाट पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरूमा बरहथवा–५ का ५४ वर्षीय बिशेश्वर महतो, २७ वर्षीय प्रमोद कुमार महतो, २५ वर्षीय अमित कुमार महतो र ३१ वर्षीय सन्तोष कुमार महतो रहेका छन्।
वैदेशिक रोजगारको विवाद नै अपहरणको कारण
प्रहरीको प्रारम्भिक अनुसन्धानमा पीडित र आरोपितहरूबीच वैदेशिक रोजगारसम्बन्धी विवाद रहेको र सोही विवादको रकम जबरजस्ती असुल गर्ने उद्देश्यले अपहरण गरिएको खुलेको छ।
यसैबीच अपहरणकारीले फिरौती मागेको र फिरौती बुझाउन जाँदा ३ लाख रुपैयाँ तथा गरगहना समेत लुटेको भन्दै गलत सूचना दिएर घटनालाई अतिरञ्जित बनाउने अन्य दुई जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
प