धरानस्थित चेकपोस्टबाट ४७ किलो विस्फोटक पदार्थ गन पाउडरसहित तीन जना पक्राउ

धरानस्थित चेकपोस्टबाट ४७ किलो विस्फोटक पदार्थ गन पाउडरसहित तीन जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, २२ कार्तिक २०८३
  • 6.5K
    Shares

सुनसरी, २१ कात्तिक २०८३।

सुनसरीको धरानस्थित चेकपोस्टबाट ४७ किलो विस्फोटक पदार्थ गन पाउडरसहित तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-४, छिटाहा, मोरङका २५ वर्षीय प्रदिप कुमार साह, मोरङको जहदा गाउँपालिका-१ का ४२ वर्षीय भुपेन्द्र राजवंशी र सोही ठाउँका ४२ वर्ष कै कात्तिक राजवंशी रहेका छन्। , ४२ वर्ष, जहदा गाउँपालिका-१, मोरङ

उनीहरुले इटहरीबाट धरानतर्फ जाँदै गरेको को. प्र. ०२-००२ ख १६१८ नम्बरको मिनी ट्रकमा भन्सार छली ल्याएको विस्फोटक पदार्थ बनाउने कच्चा पदार्थ गन पाउडर ४७ किलोग्राम फेला परेको पेअहरॆले बताएको छ। उनीहरु सवार मिनीट्रक धरान उपमहानगरपालिका-८, तिनकुनेस्थित धरान चेकपोस्टमा चेक गर्ने क्रममा उनीहरु विस्फोटक पदार्थ सहित पक्राउ परेको प्रहरेली जानकारी दिएको छ।

नियन्त्रणमा लिने क्रममा ट्रकमा सवार व्यक्तिहरूले प्रहरीमाथि अभद्र व्यवहार गरेका थिए । उनीहरूमाथि इलाका प्रहरी कार्यालय धरानमा अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेको छ ।

बरामद पदार्थ परीक्षणका लागि नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला, सामाखुसी पठाउँदा Component of Low Explosive (Gun Powder / Black Powder) भएको पुष्टि भएको छ । परीक्षण प्रतिवेदन आएपछि उनीहरूमाथि विस्फोटक पदार्थ सम्बन्धी कसुरमा समेत थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार